राजनीति/ समाज
कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ...
राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार, भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना...
बागमती प्रदेश सभाको बैठक : दुई वटा विधेयकमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा दुई वटा विधेयकमाथि छलफल भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विचार गरियोस् भनि टेबुल गरेको ठकमा दुई वटा विधेयकमाथि दफाबार छलफल भएको हो । बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न...
स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता
काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पेशी फागुन १२ गतेका लागि तोकिएको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा...
राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे उपेन्द्र
काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न उनी देउवा निवास धुम्बाराही पुगेका हुन् । छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी रहेका छन् ।
राष्ट्रपति चुनाव : मतदाता नामावली सार्वजनिक (सूचिसहित)
काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत
काठमाडौं । चिनियाँ राजदूत छनसोङ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उनबीच छलफल जारी छ । राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सङको बालुवाटार यात्रालाई अर्थपूर्ण...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का...
राष्ट्रपति चुनावका लागि मतदाता नामावली आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तरगतका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता हुन्छन् । जसअनुसार, सातै प्रदेशका प्रदेश...
बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यसअघि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय...







