राजनीति/ समाज

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु हुने भएको हो । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । यसअघि आईतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको...

रास्वपाको बागमती प्रदेश समितिको निर्वाचन सम्पन्न

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिको निर्वाचन हेटौंडामा सम्पन्न भएको छ । आईतबार साँझ सम्पन्न निर्वाचनबाट समितिमा ८ जना महिला र ३ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ ११ जना सदस्य चयनका लागि भएको निर्वाचनमा २७ जना आकांक्षी थिए । जसमा महिलातर्फ स्वस्तिका...

एमालेले विकास गर्छ, भम छर्दैन : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिडने पार्टी नभएको भन्दै जतिबेला एमाले सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाई रहेको छ । नेकपा एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा...

राष्ट्रपति चुनाव : निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । निर्वाचन आयोगले आज संघी संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे हुने उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित...

राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार, बैठकमा फागुन २३ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि छलफल भएको र...

राष्ट्रपति भण्डारी हेटौंडा आउँदै

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन ९ गते बागमती प्रदेशको राजधानी हेटौंडामा आउने भएका छन् । राष्ट्रपति भण्डारी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्न हेटौंडा आउने भएकी हुन् । प्रतिष्ठानले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । भवन...

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन । निर्वाचन आयोगले आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक...

कैलाली कारागारबाट रिहा भए सांसद अरुण चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।...

सांसद चौधरी आज रिहा हुँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ भदौं ३ मा ट्र्याक्टर जलाएको आरोपमा गत माघ १९ गते पक्राउ परेका सांसद चौधरी आज रिहा हुने भएका हुन् । २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध...

आज सातौँ निर्वाचन दिवस

काठमाडौं । निर्वाचन आयोग निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको...