राजनीति/ समाज
प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले घरेलु मैदानमा स्कटल्याण्डलाई पराजित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पारेको थियो । घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्रीले...
प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर
काठमाडौं । राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र...
राष्ट्रपति चुनावमा ८८१ जना मतदाता रहने
काठमाडौं । राष्ट्रपति चुनावमा ८८१ मतदाता रहने भएको छ । राष्ट्रपति चुनावमा प्रतिनिधि सभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी ८८४ जनाले मतदान रहने निर्वाचन आयोगले जनाएको छ । तर, यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
‘हेटौंडा सिमेन्ट उद्योगले कपडा उद्योग जस्तो अवस्था बेहोर्नु हुँदैन’
मकवानपुर । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् । समग्र उद्योग ट्रेड यूनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम ईतिहाँस बोकेको हेटौँडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो...
मनहरीमा हात्ति आतंक रोक्न निकुञ्जमार्फत बानियाँको पहल
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरी क्षेत्रमा जंगली हात्ति आतंक रोक्न पर्सा राष्ट्रिय निकुञ्जमार्फत पहल गरेका छन् । नेता बानियाँले निकुञ्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तिको आतंक रोक्न पहल गरेका हुन् । मनहरी–४ मा जंगली हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु हुनु दुखद भएको भन्दै...
स्वास्थ्य क्षेत्रमा क्रियाशील हुन राष्ट्रपति भण्डारीको आग्रह
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नती र दक्ष जनशक्ति उत्पादनको लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेकी छिन् । उक्त प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित तीन तल्ले भवनको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुराको अग्रह गरेकी हुन्...
‘चाडपर्वले सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्याउँछ’
मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाईचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याएको बताएका छन् । मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।...
बागमती प्रदेशसभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले यही फागुन १० गते अपराह्न २ बजे बस्ने गरी बैठक आह्वान गरेको जनाएको छ । उक्त बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेश सभाका प्रमुख सचिव...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भएको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लामिछाने निकट एक नेताले बताए । माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका...










