राजनीति/ समाज
नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौं । नया आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन आज दिउँसो बैठक बस्न लागेको हो । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई...
कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । राष्ट्रपतिको...
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । साथै, प्रदेश सरकारमा पनि राप्रपाको...
कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो । उक्त बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब...
सर्वोच्चद्वारा सन्दीपलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार
काठमाडौं । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेका सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति अस्वीकार गरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा...
पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु
काठमाडौं । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी रहेका छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर...
राप्रपा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल भएको थियो । बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने...
मकवानपुरमा जंगली हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग
मकवानपुर । नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीलगायत विभिन्न स्थानमा यमगज नामको हात्तीले स्थानीयलाई दु:ख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । सांसद बर्तौलाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो कुराको माग गरेका हुन् । उनले हात्तीको आक्रमणबाट गत सोमबार मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ६४ वर्षीया राधा अधिकारीको मृत्यु...
कांग्रेसले सांसदहरुलाई विषय विज्ञबाट परामर्श दिने
काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारी स्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो । कांग्रेसका सांसद उदयशमशेर राणाले...
‘राष्ट्रपति पुस १० मै टुंगो लागेको छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा गत पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो...









