राजनीति/ समाज
प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी
मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी चयन भएका छन् । युनियन मकवानपुरको आईतबार भएको सातौं अधिवेशनबाट विडारीको नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल (कुन्दन), कोषाध्यक्षमा प्रदीप अधिकारी चयन भएका छन्...
कांग्रेस हेटौंडाको नगर भेला जेठ २० गते हुने
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कार्य समितिको नगर अधिवेशन आगामी जेठ २० गते हुने भएको छ । शनिवार नगर कार्य समितिको हेटौंडाका १९ वडाका सभापतिहरुको सहितको संयुक्त बैठकले वडा भेला जेठ १५ गते र नगर भेला २० गते गर्ने निणय भएको हो । कांग्रेस हेटौंडा नगर सभापति उत्सव...
हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम गर्ने
मकवानपुर । हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । जेसिजले शुक्रबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोलि वैशाख ३० गते हेटौंडाको पिप्लेदेखि मनकामना मन्दिरसम्म साइक्लिङ प्रतियोगिता हुने भएको छ । जसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो...
जसपाले संसदीय दलको नेता चयनपछि मात्रै मन्त्री पठाउने
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकारमा थप मन्त्री पठाउने भएको छ । भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जसपाका लागि वन मन्त्रालय राखिरहेका छन् भने सो पार्टीले मन्त्री नपठाएको...
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ
पोखरा । गण्डकीका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा...
कांग्रेस मनहरीको गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न
मकवानपुर । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा पालिकास्तरीय सम्मेलन गरिएको हो । सभापति बानियाँले देशमा चाहिने...
एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने
काठमाडौं । नेकपा एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने भएको छ । एमालेले उक्त चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको हो । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल...
बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले अदालतको फैसलापछि मात्रै खाँणको विषयमा निर्णय लिने गरी निर्णय गरेको सहमहामन्त्री जीवन...
एमाले केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठक शनिबारसम्म संचालन हुनेछ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डन पेस गरेका थिए । आजको...
७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९ को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आर्थिक आवको लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको हो ।...









