राजनीति/ समाज
‘कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको बताए । तर...
संसदमा सुनाए सभामुखले टोपबहादुर पक्राउ परेको सूचना
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाएका छन् । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि रायमाझी आईतबार साँझ पक्राउ गरेको हो । सभामुख घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा...
बालकृष्ण खाँणको बयान भोलि पनि जारी रहने
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भोलि मंगलबार पनि बयान दिने भएका छन् । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोडिएका दर्जनौँ सवाल जवाफ...
प्रदेश प्रमुख शर्माद्वारा प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेष्ठ ९ गते अपराह्न १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश...
टोपबहादुर रायमाझीलाई अदालत लगियो
काठमाडौं । आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा लगिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि...
अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा न्यौपाने विजयी
हेटौंडा । हेटौंडा जेसिजले आयोजना गरेको अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने विजयी भएका छन् । आज भएको प्रतियोगितामा जेसिजका महासचिवसमेत रहेका न्यौपाने विजयी भएका हुन् । त्यस्तै सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची...
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको...
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक काठमाडौंको धूम्रबाराहीमा आज बिहान ११ः३० बजेबाट सुरु हुने भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा गरिनेछ । बैठकमा अध्यक्ष...
बागमती मन्त्रिपरिषद् : प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ ९ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै,...










