राजनीति/ समाज

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक आगामी जेठ ११ गतेदेखि कपिलवस्तुको शिवगढीमा बस्ने गरी आह्वान गरिएको हो । पछिल्लो समय स–साना पार्टीहरुसँग एकता गरेपछि एकता सहितको केन्द्रीय समिति बैठक बस्ने सचिवालय सदस्य सन्तोष बुढामगरले जानकारी दिए । बैठकमा आगामी कार्ययोजना...

पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा आज बिहान पक्राउ परेका खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लगिएको हो । उनलाई बुधबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको उपत्यका...

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर...

जसपाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो । सो बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा हाल जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो । आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मधेस प्रदेश सभाको बैठक जेठ २ गते बस्ने

जनकपुरधाम । मधेस प्रदेश सभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ । बैठक जेठ २ गतेका लागि आह्वान गरिएको प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सचिव यादवका अनुसार, उक्त बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी...

प्रमुख दलका शीर्ष तीन नेताबीच छलफल जारी

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेण्डा तय हुनेछ...

प्रि–बजेटमाथि आज पनि छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभामा आज पनि प्रि–बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि–बजेटमाथि छलफल हुन लागेको हो । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए...

संवैधानिक परिषदको बैठक जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक हाल जारी छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सिंहदरबारमा बसेको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय...