राजनीति/ समाज

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष र्काक्रमबीच नवनियुक्त मन्त्री आचार्यलाई शपथ ग्रहण गराएका हुन् । आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले...

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

काठमाडौं । नेकपा एमालेले यही बैशाख २८ गते झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा नै बस्ने भएको छ । यसअघि बैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने भनिएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै बस्ने भएको हो । पार्टीका केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, संसदको बजेट अधिवेशन सुरु...

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक बैशाख २७ गते बुधबार बस्ने गरी बोलाइएको हो । बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । बैठक पार्टी कार्यालय बसुन्धारामा केहीबेर अघि सुरु भएको हो । बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो ।...

जसपाले जनप्रतिनिधिको विवरण समावेश भएको पुस्तिका प्रकाशन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले जनप्रतिनिधिहरूको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।...

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक बैशाख...

सरकारमा सहभागीबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने रास्वपाका एक नेताले जानकारी दिए । उक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय लिनेछन् । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको...

नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो । नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको...