नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८० बैशाख २१, बिहीबार १६:१४

काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् ।

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।