नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार १५:५८

काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष र्काक्रमबीच नवनियुक्त मन्त्री आचार्यलाई शपथ ग्रहण गराएका हुन् ।

आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ । पौडेलले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकेका हुन् ।