राजनीति/ समाज

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै, ४ सिट रहेको राप्रपाले भने कतै पनि मत दिएन । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार...

नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै...

क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने घोषणा गरेका हुन् । प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका...

संसदीय समितिहरूको बैठक बोलाउने तयारी

काठमाडौं । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै ससंघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी...

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य यादवले आज शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भएका उनीले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् । उनलाई सभामुख देवराज घिमिरले एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउने...

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन...

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । सोहीअनुरुप नै सर्वसम्मत रुपमा...

रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो । बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । यस्तै, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ...

सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उप–निर्वाचनपछि सोमबार पहिलो पटक बसेको रास्वपाको बैठकले उक्त निर्णय लिएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । छलफलको क्रममा केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ–आफ्नो धारणा व्यक्त...

मकवानपुरका एक वडाध्यक्षसहित तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष शिवराज थिङलाई लागूऔषध गाँजासहित प्रहरीले सोमबार पक्राउ गरेको छ । ३९ वर्षीय वडाध्यक्ष थिङ अवैध लागूऔषध गाँजा २०२ किलोसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीसँगै...