राजनीति/ समाज

निलम्बित सांसद कोइरी संसदको उद्योग समितिमा

काठमाडौं । प्रहरी हत्या अभियोग लागेका एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्तावित भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका छन् । निलम्बित सांसद कोइरी प्रतिनिधि सभा बैठकमा ३ पटक उपस्थित भएका थिए...

संसदीय विषयगत समिति गठन (नामावलीसहित)

काठमाडौं । संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको छ ।...

नवनिर्वाचित सांसद लामिछाने र वाग्लेले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनबाट निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । यही बैशाख १० गते सम्पन्न उप–निर्वाचनबाट निर्वाचित भएका चितवन २ का सांसद रवि लामिछाने र तनहुँ १ का सांसद स्वर्णिम वाग्ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई सभामुख...

उप–निर्वाचनबाट निर्वाचित सांसदहरुले शपथ लिँदै

काठमाडौं । उप–निर्वाचनबाट निर्वाचित भएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बैशाख १० गते सम्पन्न उप–निर्वाचनमा बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज सपथ लिँदै

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिने भएका छन् । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिने भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् ।...

एमालेले संसदीय समितिमा रहने सांसदहरूको नाम बुझायो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ । प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । नामावली अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले...

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार...

उप–निर्वाचन : यी उम्मेदवारले १० मत पनि कटाउन सकेनन्

काठमाडौं । बैशाख १० गतेको सम्पन्न उप–निर्वाचनमा १७ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको पाइएको छ । बारा २ बाट स्वतन्त्र उम्मेदवारहरु उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा...