एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार १५:३१

काठमाडौं । नेकपा एमालेले यही बैशाख २८ गते झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा नै बस्ने भएको छ । यसअघि बैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने भनिएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै बस्ने भएको हो ।

पार्टीका केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको हो ।

मंसिर ४ को आम निर्वाचनपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । उक्त बैठकमा निर्वाचनको समीक्षा र निर्वाचनपछि संचालित ग्रासरुट अभियानबारे छलफल हुने उनले बताए ।