राजनीति/ समाज
जसपाले विधान अधिवेशनबारे छलफल गर्न बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो । उक्त बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिने
काठमाडौं । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको छ ।
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)...
युवा वैज्ञानिक प्रोत्साहन कोष संचालन गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवा वैज्ञानिक प्रोत्साहन कोष संचालनका लागि गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार कोषद्धारा सञ्चालित पाँच वटा आयोजनाको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले कोष अहिले कार्यविधिमा रहेर संचालन भइरहेको र प्रदेश सरकारले...
बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथिको छलफल सकियो
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमाथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल आज बिहीबार सकिएको हो । सो विधेयकमाथि तीन...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेष्ठ १४ गते सार्वजनिक हुने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेष्ठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको सभामुख...
हेटौंडाकी विन्दवासिनीलाई सांसदको शपथ लिन बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधि सभा सदस्य पदको शपथ लिने बाटो खुलेको छ । मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस...
बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सुरु भएको हो । आज बस्ने बैठकमा पनि विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले...
बागमती प्रदेश सभा बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको आज पनि बस्दैछ । बैठक आज बिहान ८ बजेपछि बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा पनि विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सुझाव प्रस्तुत गरेका...
बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सांसदहरुले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफुल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर...








