जसपाले विधान अधिवेशनबारे छलफल गर्न बैठक बोलायो

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार १६:४४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो ।

उक्त बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।