राजनीति/ समाज
नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता गरिएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उक्त प्रकरणमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको हो...
नक्कली शरणार्थी प्रकरण : अभियोग पत्र अदालत लगियो
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्दैछ । कार्यालयले ३ बजेर ५० मिनेट जाँदा अभियोग पत्र काठमाडौं जिल्ला अदालत लगेको हो । मुद्दा दर्ताका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र...
राप्रपा नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो साबित भएको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।...
नक्कली शरणार्थी प्रकरण : आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्धाका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी मुद्दा पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर मुद्दा दर्ता हुन सक्ने...
आज संघीय संसद्को संयुक्त बैठक बस्दै
काठमाडौं । आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । बैठक सघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्ने भएको हो । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन,...
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार, आज बिहान ९ः५० मा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक...
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । मंगलबार अपराह्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस समारोह समिति गठन गर्न बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । उनका...
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
बागमती प्रदेश सभाको अर्को बैठक भोलि बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका हुन् । आज बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले प्रमाणीकरण सम्बन्धी पत्र विधेयक फिर्ता...
बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकको प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको दोस्रो कार्यकालको १२ औं बैठकमा विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने उक्त विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उक्त...









