नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै

तु खबर संवाददाता
२०८० जेष्ठ १०,बुधबार ०८:३५

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार, आज बिहान ९ः५० मा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।