राजनीति/ समाज
विशेष महाधिवेशन रोकीए राजनीतिक दुर्घटना हुन सक्छ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिएका छन्। केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई...
समानुपातिक त्यागेर प्रत्यक्ष चुनावमा जाने आशिफ शाहको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अभिनेता तथा फिल्म निर्माता आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य सार्वजनिक गर्दै उनले जनताको भावनामा चोट नपुगोस् भन्ने हेतुले समानुपातिक सांसद नबन्ने निर्णय लिएको बताएका छन्। शाहले आफू...
देशलाई संकटबाट निकासतर्फ लैजान ठोस योजना आवश्यक : खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ लाई राष्ट्रिय एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्षका रूपमा अघि बढाउन आह्वान गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शान्ति, राष्ट्रिय एकता, स्वाधीनता, समझदारी, प्रगति र...
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले आज शपथ लिने
काठमाडौँ ।मधेस प्रदेशमा सरकार गठन भएको एक महीना पछी मन्त्रीपरीषदले पुर्णता पाउने भएको छ।आजै सफत खुवाउने गरी ६जना मन्त्रीहरु नीयुक्ती हुने मन्त्रीपरीषदको कार्यालयले जनाएको छ । श्रम तथा यातायात मन्त्रालयको जीम्मेवारी मनीषकुमार सुमनलाई दीईने भएको छ।शकर प्रसाद चौधरीलाई बन तथा बाताबरण मन्त्रालय,बसन्त कुमार कुशवालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय...
राष्ट्रिय एकता र मेलमिलापको विकल्प छैन : शेखर कोइराला
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार हुँदै राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्किएको स्मरणमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता...
एमाले र कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैनन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच बनेको राजनीतिक सहकार्यप्रति कडा व्यंग्य गरेका छन्। उनले कमजोर शक्तिहरूको मोर्चाबन्दीले बलियो राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका हुन्। मंगलबार काठमाडौँमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना...
डिजिटल हस्ताक्षर नमानिँदा कांग्रेसको समानुपातिक बन्दसूची बुझाउन ढिलाइ
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची ढिलोगरी निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि बन्दसूची पेस गर्न ढिलाइ भएको हो। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। तर कांग्रेससहित ठूला दलहरूले तोकिएको...
जेनजी आन्दोलनका घटनाबारे रमेश लेखक आयोगमा बयान दिन उपस्थित
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित भएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा मध्याह्न लेखक बयानका लागि पुगेका हुन्। सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको...
निर्वाचन नै देशलाई निकास दिने सर्वोत्तम विकल्प : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र प्रभावकारी विकल्प निर्वाचन नै भएको बताएका छन्। जेनजी आन्दोलनपछि बनेको राजनीतिक अवस्थालाई शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट समाधान गर्न पूर्वनिर्धारित मितिमै निर्वाचन गराउनुपर्नेमा उनले जोड दिए। सोमबार काठमाडौंमा आयोजित तथा बानेश्वर क्याम्पसमा स्ववियुले...
रविसँग सात बुँदे सम्झौतापछि मेयरबाट राजीनामा दिने तयारीमा बालेन
काठमाडौं । राजनीतिमा सक्रिय हुने भए पछि काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको सात बुँदे सम्झौता सार्वजनिक हुनासाथ अनेक अड्कलवाजी हुन थालेका छन् ।...










