राजनीति/ समाज
कांग्रेस केन्द्रीय कार्यालयको सरकारी टोलीद्वारा अनुगमन
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित कांग्रेस कार्यालय पुगेर क्षतिको अवलोकन गर्नुका साथै पार्टी नेताहरूसँग छलफल गरेको हो। संवाद समितिमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल...
सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन,पाँच जना पक्राउ
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै युवाहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। मिराज ढुंगानाको अगुवाइमा भएको प्रदर्शनका क्रममा प्रहरीले पाँच जना सहभागीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शन चलिरहेकै बेला प्रहरीले रविकिरण हमालसहित पाँच जनालाई माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि आन्दोलनमा सहभागी युवाहरूले असहमति जनाउँदै सामूहिक गिरफ्तारीका लागि...
निर्वाचन अन्योलबीच आयोगको पहल, प्रधानमन्त्री र दलहरूसँग छलफल
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र समग्र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त, सुरक्षा निकायका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिको सहभागितामा छलफल हुन लागेको हो। निर्वाचन आयोगका अनुसार दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
रास्वपा सभापति रवि लामिछानेलाई केन्द्रीय कार्यालयमा भव्य स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालयमा फर्किएका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार उनलाई बाजागाजासहित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन् । भैरहवा कारागारबाट छुटेर शनिबार मात्र काठमाडौं आइपुगेका लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका थिए ।...
जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशभर शान्तिपूर्ण आन्दोलन घोषणा
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो । समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको पहिलो कार्यक्रमका रूपमा सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन...
नेपाल जेन-जी फ्रन्टद्वारा १३ सदस्यीय सल्लाहकार परिषद् गठन
काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना गतिविधिलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रगामी तथा परिवर्तनकारी अग्रज व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको जानकारी दिएको हो । नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा...
मधेस प्रदेश सभामुख चयनका लागि आज निर्वाचन
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभा सचिवालयका अनुसार सत्तारूढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले) का प्रदेश...
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने गरी तय भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। उपाध्यक्ष गोकर्ण विष्ट र नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार शपथग्रहणपछि सुरु भएको नयाँ कार्यकालको औपचारिक...
धरौटी बुझाएपछि रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज धरौटी बुझाएर रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सशर्त रिहा गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न आज उनलाई रुपन्देही जिल्ला अदालत लगिँदै छ। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित...
एमाले अध्यक्षमा ओली तेस्रोपटक निर्वाचित, महासचिवमा पोखरेल विजयी
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी रहे पनि मतदान परिणामअनुसार पोखरेलले १२२८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ९९९ मत पाएका छन् । यसैगरी, पार्टी अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन्...










