राजनीति/ समाज
काठमाडौंमा १० कम्युनिस्ट घटकहरूको एकता राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अग्रसरतामा १० वटा कम्युनिस्ट घटकहरू एकीकृत हुँदै एकीकृत पार्टीको घोषणा गर्न लागेका हुन्। सम्मेलनको औपचारिक शुरुवात माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित...
झाँक्रीसहित असन्तुष्ट समूह एमाले फर्किने तयारीमा
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेका छन्। झाँक्रीसहितको समूहले विनासर्त एमालेमा फर्किने निर्णय गरेको र बुधबार बिहान बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने तयारी गरेको...
महाधिवेशन मितिमाथि सहमति खोज्दै कांग्रेस कार्यसमिति बैठक सुरु
काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु भएको छ । महाधिवेशनको मिति निर्धारणमा मतभेद भएपछि रोकिएको बैठक करिब एक घण्टा ढिलो गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुरु गरेका छन्। बैठकको प्रारम्भिक सत्रमा खड्काले एजेन्डा...
सामाजिक अभियान्ता निकोलस भूसाल पक्राउ
काठमाडौं । प्रहरीको निगरानीमा रहेका डा. निकोलस भूसाल पक्राउ परेका छन् । उनले समाजलाई भड्काउने तथा विवादस्पद अभिव्यक्ति दिदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने...
आगजनी घटनामा सर्वोच्च र जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी
काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। अदालतहरूले प्रहरीलाई बुझाएको जाहेरीमा कसैको नाम किटान गरिएको छैन। अदालत प्रशासनका अनुसार, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि जाहेरी...
एमालेले मंसिर २७ गते काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गर्न लागेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उक्त जनसभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरे । उनका अनुसार एमालेले...
काठमाडौंमा फोहर संकलनमा असुविधा, फोहर ननिकाल्न आग्रह
काठमाडौं ।काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन कार्यमा अस्थायी असुविधा हुने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले जारी गरेको सूचनामा भनिएको छ कि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटमा फोहर व्यवस्थापन अवरुद्ध भएकोले काठमाडौं उपत्यकाका फोहर संकलन र ढुवानी कार्य अस्थायी रूपमा रोकिएको छ। महानगरपालिकाले फोहर ननिकाल्न आग्रह गर्दै घरपरिवार र...
काठमाडौं महानगरद्वारा राममन्दिर परिसरमा डोजर
काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन क्षेत्रभित्र रहेको राममन्दिर परिसरमा बनेका अवैध व्यावसायिक टहराहरू भत्काएको छ। शुक्रबार महानगरपालिकाको टोलीले डोजर प्रयोग गरी सो क्षेत्रमा निर्माण भएका टहरा र अस्थायी संरचना हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा अवैध रूपमा बनाइएका संरचनाहरू भत्काइएका हुन्। उनले भने,...
गृहमन्त्री हटाउने दबाबबारे प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने हल्लाबारे प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीकी प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सो हल्लाले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको...
सरकार, राजनीतिक दल र जेनजीबीच पहिलोपटक त्रिपक्षीय वार्ता आज
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष त्रिपक्षीय वार्ता गर्न लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त वार्ता सुरु हुने कार्यक्रम छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त...









