राजनीति/ समाज

आयोगद्वारा बयानपछि पूर्व प्रधानमन्त्री ओलीको स्थानहद फुकुवा

काठमाडौँ। जेनजी आन्दोलन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। ओलीको स्थानहदको फुकवासँगै आयोगले स्थानहद लगाएका सबै व्यक्तिहरुको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगको आजको बैठकले सोधपुछको प्रक्रिया सकिएसँगै स्थानहद फुकुवा...

सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ। गृह मन्त्रालयले पछिल्लो समय तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पर्ने गरी भइरहेका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाउने र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने...

भदौ २३ र २४ गतेको आन्दोलनबारे बालेनको बयान लिँदै आयोग

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’को बयान लिने भएको छ । केही समयअघि थप एक महिनाको म्याद थप गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका...

एमाले मकवानपुरबाट लामा र बर्तौलासहित ८ जना सिफारिस

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरबाट ८ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरेको हो । मकवानपुर क्षेत्र नम्बर १...

राष्ट्रिय मानवअधिकार आयोगले ओलीसँग लियो बयान

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिएको छ । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । २३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट...

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा ओली-प्रचण्ड भेट

काठमाडौं । नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेलको प्रयास तीव्र बनेको छ। यही सिलसिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एक घरमा करिब २५ मिनेट एक्लाएक्लै भएको...

नेकपाको एकता सभालाई सम्बोधन गर्न प्रचण्ड आज नयाँदिल्ली जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर गठन भएको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्। प्रचण्डको सचिवालयका अनुसार, नेपाली समाज भारतको आयोजनामा सोमबार...

रास्वपाको केन्द्रीय समिति बैठक भोलि, पार्टी एकता र विस्तार मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक भोलि पुस २० गते बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। पार्टी सभापति रवि लामिछानेको आह्वान तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा बैठक बोलाइएको हो। महामन्त्री बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका...

रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका  युवा उद्यमी सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उनको नाम परेपछि चौतर्फी विरोध सुरु भएको थियो। त्यसपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश लेख्दै ढकालले समानुपातिक उम्मेदवारीबाट आफ्नो नाम फिर्ता...

विशेष महाधिवेशन रोकीए राजनीतिक दुर्घटना हुन सक्छ : गुरुराज घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिएका छन्। केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई...