राजनीति/ समाज
कांग्रेसद्वारा असोज २९ गतेभित्र महासमिति सदस्य चयन गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा यही २९ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ गतेसम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको...
बागमती प्रदेश सभाको बैठक सर्यो
मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने भनिएको बैठक सरेको छ । सोमबार स्थगित भएको प्रदेश सभा आज बस्ने भनिएपनि विशेषकारणवस् भोलिसम्मका लागि सरेको प्रदेश सभा सचिवालयले जनाएको छ । आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा भोलि असोज १७ गते बस्ने गरी सारिएको प्रदेश सभा...
चिरमाया मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दार निलम्बित, घटना लुकाउन पीडितलाई दबाब
मकवानपुर । हेटौँडामा आइतबार राति मदिराको नशामा उत्पात मच्चाउने प्रहरी सहायक हवल्दार डिल्लिराम शिवाकोटीलाई निलम्बन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरी सहायक हवल्दार शिवाकोटीलाई निलम्वन गरी घटनाबारे छानविन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । उनले आइतबार रातिको घटनामा प्रहरीको गल्ती भएको...
लोसपाको पदाधिकारी बैठक बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्न लागेको हो । ६३ जना पदाधिकारीको सहभागिता रहेको उक्त बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक...
प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ । आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेकी हुन् । प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने र ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक,...
एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । कोशी प्रदेश अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे । यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित...
बागमती मन्त्रिपरिषद् : चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान
मकवानपुर । बागमती प्रदेश सरकारले चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार बसेको प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले हस्तकला ग्राम स्थापना तथा संचालन गर्न बनेको विद्येयक २०८० प्रदेश सभामा...
बागमती प्रदेश सभा : प्रतिपक्षका सांसदले अवरोध गरेपछि…
मकवानपुर । बागमती प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलका सांसदहरुको अवरोधपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुर्नविचारको लागि फिर्ता पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा...
‘भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउँछौँ’
मकवानपुर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउने प्रयासहरू भइरहेको बताएका छन् । गृहमन्त्री श्रेष्ठले सोमबार हेटौंडामा आयोजित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सको उद्घाटन गर्दै यस्तो बताएका हुन् । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा संचालन भइरहने बताउँदै...










