राजनीति/ समाज
प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने भएका हुन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने...
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई भेटे
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई शनिबार भेटेका हुन् । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । चीन र नेपालको...
शिक्षा विधेयक संशोधन गर्न पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कांग्रेसले सरकार...
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । वार्ता केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान...
पठनपाठन बन्द भएकोप्रति हेटौंडा उपमहानगरको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा संघीय संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति जनाउँदै शिक्षकहरुद्वारा घोषित आन्दोलनको कारण सामुदायिक...
प्रधानमन्त्री प्रचण्डको आजबाट चीन भ्रमण सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान...
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँछौँः प्रधानमन्त्री प्रचण्ड
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई चाँडै तार्किक निष्कर्षमा पुर्याइने बताएका छन् । उनले त्यसका लागि सरोकारवालाहरुबीच सहमति जुटाउन प्रयास भइरहेको उल्लेख गरे । अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधनको क्रममा उनले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको प्रमुख राजनीतिक मुद्दा भएको बताउँदै...
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । काठमाडौंको बीर अस्पतालमा उपचाररत भट्टको बिहीबार निधन भएको हो । स्व.भट्ट क्यान्सर रोगबाट पीडित थिए । डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२...
सरकार र शिक्षकबीच आज औपचारिक वार्ता हुँदै
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेबाट सुरु हुने भएको हो । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल...
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आज बिहान पुनः ११ बजेदेखि सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका...









