राजनीति/ समाज

प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्यबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युयान जीयाजुनबीच भेटवार्ता भएको छ । भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । युयान छोङछिङ नगर कमिटीका अध्यक्ष समेत हुन्...

सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

काठमाडौं । सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने भएको छ । चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने दुई देशबस्च सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन...

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बोलाएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी...

राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं । यही असोज १२ गते बस्ने गरी अँवहान गरिएको राष्ट्रिय सभा बैठक सरेको छ । बैठक असोज १८ गतेसम्मका लागि सरेको सङ्घीय सांसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन गरिएको हो ।

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ । संघीय संसद्...

नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो । मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२०...

लोसपाको ३११ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । जसमा महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् । नेता सर्वेन्द्रनाथ शुक्लालाई...

केपी ओलीले गरे एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी रहेका छन् । मङ्गलवार अधिवेशनको बन्द...

बैठकको निर्णय जानकारी गराउन कांग्रेसद्वारा पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । यही असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ । बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ...

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । अधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट ¥याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट...