प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार १०:५२
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सर्वदलीय बैठक आह्वान गरेको छ । प्रधानमन्त्री प्रचण्ड चीनबाट स्वदेश फर्किएलगत्तै सात दलीय बैठक आह्वान गरेका हुन् ।

बैठक आज ११ बजे बस्ने गरी आह्वान गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।