राजनीति/ समाज

माओवादीद्वारा इलाम–२ मा धीरेन्द्र शर्माको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचन अन्तरगत उम्मेदवारमा धीरेन्द्र शर्मा तिमिल्सिनाको नाम सिफरिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी गराए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयमा केहीबेर अघिबाट सुरु भएको हो । दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको हो । ४ बजे बोलाइएको बैठक पनि झण्डै आधा घण्टा ढिला गरी सुरु गरिएको...

एमाले लमजुङको अध्यक्षमा विष्ट

लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले पराजित गर्दै विष्ट अध्यक्षमा विजयी भएका हुन् । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीलाई पराजित गर्दै उनले विजयी हाँसिल गरेको हो । अध्यक्ष पदमा...

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन भएको छ । यसअघि परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने जानकारी गराएका राप्रपाले सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने...

अझै बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा बैठक अझै बस्न सकेको छैन । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वानसको मत लिने प्रयोजनको निम्ति आह्वान गरिएको बैठक अझै बस्न नसकेको हो । प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक अपराह्न ४ बजे बस्ने गरी सरेको जानकारी...

एमाले बाराको जिल्ला अधिवेशन आजबाट

बारा । नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन जिल्ला सदरमुकाम कलैयामा हुने भएको हो । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको एमाले बाराले जनाएको छ । अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सहभागी हुन करिब आठ सय...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, आजको बैठकमा वाणिज्य तथा...

आज तीन संसदीय समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा...

भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा गएका उपप्रधानमन्त्री श्रेष्ठ आज फर्किन लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ...

नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन वैशाखमा

मकवानपुर । नेकवा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन आगामी वैशाखमा हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय गरेको हो । बैठकले अधिवेशन वैशाख १५ र १६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो । पार्टी स्थायी...