राजनीति/ समाज
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान...
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकोे छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
माओवादीद्वारा बझाङ प्रदेश सभा १ मा बुढाको नाम सिफारिस
काठमाडौं । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ (१) मा जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले उम्मेदवार बनाउन नाम सिफारिस गरेको सो पार्टीका नेता ओमप्रकाश पुनले जानकारी दिए । बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत...
बागमतीका नवनियुक्त योजना मन्त्रीद्वारा पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पदभार ग्रहण गरेका छन् । मन्त्री थपलियाले आइतबार एक कार्यक्रमबीच हेटौंडास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । नेकपा एमालेबाट मन्त्री बनेका थपलियालाई शनिबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।...
मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान...
बागमतीका नवनियुक्त मन्त्री थपलियाले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री जगन्नाथ थपलियाले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका उनले शनिबार साँझ आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माल शपथ ग्रहण गराएका हुन्...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने गरी बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले...
संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहान ९ बजे बस्ने गरी बैठक आहवान गरेका हुन् । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । प्रधानमन्त्रीको सचिवालयले परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको जनाएको...
प्रतिनिधि सभाको बैठक चैत १८ देखि २१ गतेसम्म लगातार बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत १८ गतेदेखि २१ गतेसम्म लगातार बस्ने भएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे, विभिन्न दलका प्रमुख सचेतक र सचेतकबीच बसेको बैठकले उक्त कार्यतालिका तयार गरेको नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले जानकारी दिइन् । उनका अनुसार, आइतबार ११ बजे बस्ने गरी...
रास्वपाद्वारा इलाम–२ उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । आगामी वैशाख १५, २०८१ मा इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रास्वपाले शनिबार उम्मेदवारी घोषणा गरेको हो । पार्टीका सभापति रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार...









