आज तीन संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ ।
यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा छलफल हुनेछ ।
यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्नेछ । सो बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।
