एमाले बाराको जिल्ला अधिवेशन आजबाट

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १०:०३

बारा । नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन जिल्ला सदरमुकाम कलैयामा हुने भएको हो ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको एमाले बाराले जनाएको छ ।

अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सहभागी हुन करिब आठ सय प्रतिनिधि चयन भइसकेको जनाइएको छ ।