राजनीति/ समाज

प्रतिनिधि सभाको बैठक चैत १८ देखि २१ गतेसम्म लगातार बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत १८ गतेदेखि २१ गतेसम्म लगातार बस्ने भएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे, विभिन्न दलका प्रमुख सचेतक र सचेतकबीच बसेको बैठकले उक्त कार्यतालिका तयार गरेको नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले जानकारी दिइन् । उनका अनुसार, आइतबार ११ बजे बस्ने गरी...

रास्वपाद्वारा इलाम–२ उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । आगामी वैशाख १५, २०८१ मा इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रास्वपाले शनिबार उम्मेदवारी घोषणा गरेको हो । पार्टीका सभापति रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार...

बागमतीमा जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी

मकवानपुर । बागमती प्रदेश मन्त्रपिरषिद् विस्तारको तयारी गरिएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आजै साँझ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । थपलियाले आजै शपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको...

निर्माण व्यवसायी महासंघको साधारणसभा आज समापन हुँदै

मकवानपुर । निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारणसभा आज समापन हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको साधारणसभा आज सकिने भएको हो । सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय...

त्रिविको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वर्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा...

सरकारले ११ जना अधिृकतलाई बढुवा गर्दै

काठमाडौं । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने भएको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । शुक्रबार सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सो बारे जानकारी गराएकी हुन् । प्रवक्ता शर्माले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका...

इलाम–२: रास्वपाले शनिबार उम्मेदवारी घोषणा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी घोषणा गर्ने भएको छ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्ने भएको हो । रास्वपाले बिहीबार मात्रै इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो...

कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् । सदस्यमा मनोनीत हुनेहरुमा क्रमशः नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे,...

सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । सर्वोच्चले शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । सांसद गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा...

मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

हेटौंडा । फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार नेकपा माओवादी केन्द्रका सचेतक...