राजनीति/ समाज
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको लागि बजेट स्वीकृत गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो । आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको जनाइएको छ ।...
विपक्षी दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्ने गरी आह्वान गरेको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् । सरकारले आज बजेट ल्याउने...
‘गणतन्त्र दिवसले राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन अभिप्रेरित गरोस्’
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्र दिवसले राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन हामी सबैलाई अभिप्रेरित गरोस् भनि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले संवैधानिक रुपमा पाएका हक–अधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन उक्त दिवसले सबैलाई अभिप्रेरित गरोस् भनि शुभकामना दिएका हुन् ।...
बागमतीका स्वास्थ्य मन्त्रीद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार एक सन्देश जारी गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् । मन्त्री श्रेष्ठले गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवम् विभिन्न...
आज गणतन्त्र दिवस
काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरेर देशैभर गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ भने सैनिक...
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक गर्दैछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । संवैधानिक व्यवस्था अनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्छ । बजेट सार्वजनिक गर्ने...
बागमती प्रदेश सभाबाट धन्यवादको प्रस्ताव बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेश सभाका बैठकमा आगामी आर्थिक...
बागमती प्रदेशः भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने
मकवानपुर । बागमती प्रदेश सरकारमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गरिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दै यस्तो जानकारी गराएका हुन् । उनले विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी...
बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने बागमती सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सभा बैठकमा प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति...
बागमती प्रदेशः सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने
मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ । सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने जानकारी गराएका हुन् । सार्वजनिक...








