राजनीति/ समाज

प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको छः मुख्यमन्त्री

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको बताएका छन् । मुख्यमन्त्री जम्क्ट्टेलले शुक्रबार हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रलाई लक्षित गरेर एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारेको बताए...

बागमती सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् । मन्त्री श्रेष्ठले जेठ १३, १४ र १५ गते गरी तीन दिन गणतन्त्र...

राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । सो भेटको क्रममा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू समस्या...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ । उक्त कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्...

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो । त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले...

लोसपाको महासचिवमा यादव मनोनीत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिवमा शीतल प्रसाद यादव मनोनीत भएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार, केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् । लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता...

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सत्तापक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा...

कर्णालीका मन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमालेको तर्फबाट बनेका सांसद शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । यसअघि शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले आजै पुनः कृषि...

हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । सुरक्षा गोष्ठीको समापन कार्यक्रम उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यता...