राजनीति/ समाज
बागमती प्रदेश सभा बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालय हेटौंडाले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको...
कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ । कांग्रेस मनहरी गाउँपालिकाको वडा १ को चकरी भोल्टाडी, ३ नम्बरको सिद्धकाली र हेटौंडा उपमहानगरपालिका १९ को सान्नानीटारमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर...
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसको लागि दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान...
कांग्रेस नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका नेताहरुको छलफल हाल जारी छ । उनीहरु बालुवाटारमा छलफल गरिरहेका छन् । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल...
उपेन्द्र नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललेवर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता यादवले सोमबार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् । जसपा...
‘सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यान्वयनमा ल्याउन मन्त्रालय तत्पर रहन्छ’
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताएका छन् । सोमबार सम्पन्न बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य निर्देशक समितीको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागि आफ्नो...
उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालय हेटौंडाको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् । मन्त्री...
सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनित
मकवानपुर । बागमती प्रदेश सभाको नियमित बस्ने बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनयन गरिएको छ । प्रदेश सभाको आजबाट सुरु भएको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठकमा सभामुख भुवनकुमार पाठकले उनीहरुको नाम सार्वजनिकरण गरेका हुन् । सभामुख पाठकले प्रदेश सभाका...
बागमती प्रदेश सभामा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश
मकवानपुर । बागमती प्रदेश सभाको आजबाट सुरु भएको बजेट अधिवेशन बैठकमा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश गरिएको छ । आज दिउँसो बसेको बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८०’ पेश गरेकी हुन् । यस्तै, उक्त बैठकमा...
हेटौंडा अस्पताल प्रकरण– हिदम लामा भन्छन्ः राजनीतिक दलहरुले भ्रम फैलाए
मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामाले हेटौंडा अस्पतालको विषयलाई लिएर राजनीतिक दलहरुले भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् । तु खबरसंग कुराकानी गर्दै लामाले केही दिन अघि आठ राजनीतिक दलद्वारा जारीे विज्ञप्तिमा वास्तविक कुरा उल्लेख नगरी आम जनसमूदायमा भ्रम फैलाउने प्रयास गरिएको बताए...










