राजनीति/ समाज
बागमती प्रदेश सभामा कांग्रेसको अवरोध
मकवानपुर । प्रतिपक्ष दलहरुले बागमती प्रदेश सभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरुले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् । संसद्...
प्रतिनिधि सभा बैठकः आज प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि...
प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रमुख सचिव खड्काले बताए । उनका अनुसार, बैठकमा...
हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रम बागमती प्रदेश युवा परिषद्को आयोजनामा बुधबारबाट सुरु भएको हो । कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो क्रममा बोल्दै मन्त्री थपलियाले आफ्नो लक्ष्य...
मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार १५ औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको हो । सार्वजनिक नीति तथा कार्यक्रममा विपन्न परिवार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आवबाट पालिकाले गरिव तथा विपन्न...
आन्दोलनका कारण प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । कर्मचारीहरूको आन्दोलनका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । यसअघि आज ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति...
प्रदेश सभाको बैठक भोलि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि असार ६ गते बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि...
भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन...
प्रतिनिधि सभा बैठक आज पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल...
राष्ट्रिय सभा बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्ने गरी आह्वान गरिएको छ । बैठक बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि...








