राजनीति/ समाज
मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रदेशको दोस्रो आवधिक योजना ०८१–०८२ देखि ०८५–०८६ स्वीकृत गर्ने...
बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार,...
एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा विजयी
गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । अर्का प्रतिस्पर्धी हिरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । काउछाले ३८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एसीले २०२ मत प्राप्त गरेका थिए । गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा...
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते...
प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, आज वन तथा वातावरण मन्त्रालय, खानेपानी...
स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना
मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । पार्टीले बुधबार जिल्लाको हेटौंडामा रक्तदान कार्यक्रम र पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सो पार्टीले बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको...
एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित
काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार भुर्तेत अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामालाई पराजित गर्दै भुर्तेल निर्वाचित भएका हुन् । भुर्तेलले ३८० मत प्राप्त गर्दा लामाले २९९ मत प्राप्त गरेका थिए ।...
तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय...
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको हो । निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिए...










