राजनीति/ समाज

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेट पारित गर्ने तयारी

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको...

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, राष्ट्रिय...

पत्रकारिता लोकतन्त्रको आधारभूत तत्व होः मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पत्रकारिता लोकतन्त्रको आधारभूत तत्व रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार हेटौंडामा सम्पन्न आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित सेवा प्रवाह तथा सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारको प्रवक्ता समेत रहेका उनले पत्रकारिताले सत्यतथ्य...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा मन्त्रालयगत बजेट कार्यक्रममाथि...

प्रदेश उच्च शिक्षालाई प्रतिस्थापन गर्न बनेको विधेयक स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई बहुमतले स्वीकृत प्रदान गरेको छ । प्रदेश सभाको आज अपराह्नमा बसेको दोस्रो बैठकले उक्त विधेयकलाई बहुमतले स्वीकृत प्रदान गरेको हो । बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उक्त विधेयकमाथि विचार गरियोस्...

बागमती प्रदेश सभा बैठकः मन्त्रालयगत छलफल प्रारम्भ

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा मन्त्रालयगत एकमुष्ट छलफल प्रारम्भ भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को विभिन्न शिर्षक अन्तरगत विभिन्न मन्त्रालयको विषयगत छलफल...

कमिशनमा भागबण्डा नमिलेपछि खेर गयो लाखौँको ‘काउम्याट’

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ का लक्षित वर्गका कृषकलाई अनुदान स्वरुप वितरण गर्न खरिद गरिएको गाईँ भैँसीलाई बस्न प्रयोग गरिने न्यानो ओच्छ्यान (काउम्याट) वर्षौँदेखि अलपत्र अवस्थामा विद्यालयको खेलमैदानमा फ्याँकिएको छ । वडाका दलित, जनजाती एवम् विपन्न समूदायका कृषकलाई वितरण गर्ने भन्दै आर्थिक वर्ष २०७९/०८० को वडाको सिलिङ बजेटबाट...

राप्रपा नेपालको उपाध्यक्षमा भास्कर भद्रा मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भास्कर भद्रा (ललितपुर) लाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् । यसैगरी, पुष्पा खरेल भट्ट (काठमाडौं) लाई महिला, जनसंख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मा (काठमाडौं) लाई सचिवालय...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सो बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् सचिवालयको भवनमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१–०८२ लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (कर बाहे्क) विधेयकमा छलफल गरिने कार्यसूची रहेको...