राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।
उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता गरेका हुन् ।
भेटको क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
