राजनीति/ समाज
स्वास्थ्य मन्त्रीद्वारा अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता
सिन्धुपाल्चोक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । अब चाडै सेवा बिस्तार गर्न दत्तचित्त भएर लाग्न सम्पुर्ण अस्पतालका कर्मचारी, चिकित्सकहरुलाई आग्रह समेत...
बागमतीको नीति तथा कार्यक्रममाथि छलफल सुरु
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सार्वजनिकरण गरेको उक्त नीति तथा कार्यक्रममाथि आज बसेको प्रदेश सभा बैठकमा छलफल भएको हो । बैठकमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेश सभा...
प्रेस युनियन बागमतीद्वारा महासंघमा तालाबन्दी
मकवानपुर । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिले बुधबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएकोभन्दै महासंघमा युनियनले तालाबन्दी गरेको हो । प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन विडारी, सदस्य गंगा पौडेल तथा...
हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने
मकवानपुर । हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन १८ र १९ गते हेटौंडामा हुने भएको हो । आयोजक जेसीज अध्यक्ष बिजय पुडासैनीका अनुसार सम्मेलनमा करिब एक सय २० जनाको उपस्थिति रहनेछ । ‘एरिया बी’ अन्तर्गत्का सन् २०२३...
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गत १४ जेठमा सर्वोच्च अदालतले कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश...
बागमती प्रदेश सभाको बैठक जारी
मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । बैठक प्रदेश सभा सचिवालयको भवनामा केहीबेर अघिबाट सुरु भएको हो । उक्त बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम जेठ...
करको दर धेरै हुँदा मुद्रण उद्योग धरासायी भएको व्यवसायीको गुनासो
सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरु परेको गुनासो मुद्रण व्यवसायीले गरेका छन् । नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको वैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा करिब २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन् । ‘कागज तथा कच्चा...
बागमती प्रदेश सभाको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनामा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा...
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन: प्रल्हाद लामिछाने
मकवानपुर । संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् । १७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्त हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै रूपमा माओवादी केनद्रीय सदस्य...
‘गणतन्त्रको स्थापना नै समाजवादको आधार हो’
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले गणतन्त्रको स्थापना नै समाजवादको आधार भएको बताएका छन् । नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटीको बिस्तारित बैठक एवम् १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले गणतन्त्रको रक्षा र विकासको लागि क्रान्तिकारी...









