राजनीति/ समाज
नेपालका राष्ट्रपति पौडेल जर्मनीमा
बर्लिन । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि शनिवार राति राजधानी बर्लिन पुगेका छन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति...
बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको तर्फबाट उक्त बजेट प्रस्तुत गरेका...
बागमती प्रदेश सरकारको बजेट प्रस्तुत हुँदै
मकवानपुर । बागमती प्रदेश सभाको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत हुँदैछ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारको तर्फबाट शनिबार बसिरहेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन् । बजेट प्रस्तुतका लागि अपराह्न ४ बजे आह्वान गरिएको प्रदेश सभा बैठक २ घण्टा ढिलो गरी केहीबेर...
सम्पत्ति हडप्न वडा कार्यालयबाट नक्कली काजगात तयार
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निवासी ४६ वर्षका पूर्णबहादुर ब्लोन आफ्नी आमाको मृत्यु भएको भन्दै २०८० मंसिरमा मृत्यु दर्ता बनाउन वडा कार्यालय पुग्छन् । पूर्णबहादुरले आफु र उमादेवी गुरुङ आमा छोरा भएको र उमादेवीको २०७७ सालमा मृत्यु भएको भन्दै स्थानीय ५ जनालाई साक्षी राखेर सर्जमिन मुचुल्का...
हेटौंडामा स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुभारम्भ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुक्रबारबाट शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ हेटौंडा उपमहानगर समितिको आयोजनामा उक्त अभियान शुभारम्भ गरिएको हो । बिरामी पर्दा उपचारमा हुने ठूलो आर्थिक भारलाई थोरै भएपनि व्यवस्थापन होस्...
एमाले संसदीय दलको बैठक शनिबार बस्ने गरी आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । भोलि असार १ गते शनिवार बस्ने गरी दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रमुख सचेतक बर्तौलाका अनुसार, बैठक शनिबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ ।...
टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले उक्त माग गरेका हुन् । सांसद् शाहले अहिले पनि ५० लाखभन्दा बढी व्यक्तिले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेको अनौपचारिक तथ्याङ्क...
प्रधानमन्त्रीद्वारा हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौंडा सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज एक कार्यत्रमबीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको...
मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रदेशको दोस्रो आवधिक योजना ०८१–०८२ देखि ०८५–०८६ स्वीकृत गर्ने...
बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार,...










