दुई संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ असार २, आईतवार ०८:२९
file-photo

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे बस्ने गरी आह्वान गरिएको छ ।

सो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल हुने जनाइएको छ ।