अशोक राई नेतृत्वको जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १६:०२
file-photo

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको पहिलो बैठक आह्वान गरिएको छ ।

असार १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । सो बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहने सो पार्टीका उपाध्यक्ष रेणु यादवले जानकारी दिइन् ।

पार्टी दर्ता गराउँदा नै ३१ सदस्यीय केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । त्यो समेत गरी एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहने उपाध्यक्ष यादवले बताइन् ।