एकीकृत समाजवादीको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि छनौट

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार १०:११

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको आसन्न महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि छनौट गरिएको छ ।

पार्टीको यही असार १६–२० मा हुन लागिरहेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि बुधबार मकवानपुरबाट प्रतिनिधि छनौट गरिएको हो ।

मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रबाट ३२ जना तथा पार्टी केन्द्रीय नेतृत्वको विभिन्न पदमा रहेका अन्य ९ जनासहित ४१ जना महाधिवेशन प्रतिनिधिको रुपमा छनौट भएका हुन् ।

पार्टीको केन्द्रीय कमिटीमा रहेकाहरु महाधिवेशनमा स्वतः प्रतिनिधी हुने व्यवस्था अनुसार स्थायी कमिटी सदस्यहरु प्रतिनिधिका रुपमा स्वतः रहने छन् ।