विश्व विविध

इटालीमा कोरोनाका कारण डेढ सय जना डाक्टरको ज्यान गयो

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरले ज्यान गुमाएका छन् । इटालीको डाक्टर एसोसियशनले शुक्रबार दिएको जानकारी अनुसार, इटालीमा कोरोनाका संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् । इटालीमा अहिलेसम्म १ लाख ९२ हजार ९ सय ९४ जना मानिसलाई कोरोना भाइरस संक्रमित भइरहेको...

कोरोना सङ्क्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जको मृत्यु

स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्ज सान्जको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ७६ वर्षीय उनको उपचारको क्रममा मृत्यु भएको हो । लोरेन्जोका छोरा फर्नान्डो सान्जले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘उहाँ मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति...

कोरोनाका कारण युएईमा दुई जनाको मृत्यु

युएई, ८ चैत्र । कोरोनाभाइरसका कारण युएईमा दुई जनाको मृत्यु भएको छ । विश्वभर महामारीको रुप धारण गरेको उक्त भाइरसले युएईमा पहिलो पटक दुई जनाको मृत्यु भएको युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका...

इटालीमा एकैदिन ६२७ जनाको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

इटाली, ८ चैत्र । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ। इटालीका अधिकारीका अनुसार मृतकको संख्यामा एकैदिन १८.४ प्रतिशत वृद्धि भएको हो। योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। बिहीबारमात्रै इटालीले मृतक संख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक...

पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमित !

लण्डन । बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई...

निर्भया बलात्कारकाण्डका चारै जना दोषीलाई फाँसी

निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्। बिहीबार...

इटालीमा कोरोनाबाट एकैदिन ४७५ जनाको मृत्यु

इटाली, ६ चैत । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ। यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ। इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

कोरोनाका कारण स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारणस्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गर्नुभएको उहाँको शनिबार मृत्यु भएको हो । २१ वर्षीय गार्सियाको मलागाको क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा मृत्यु हुने उहाँ पाँचौं व्यक्ति...

हलिउड अभिनेत्री ओल्गालाई कोरोना ‘पोजेटिभ’

हलिउड अभिनेत्री ओल्गा कुरलेन्को नोभेल कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाउनुभएकी ओल्गालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो । ४० वर्षीया ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराउनुभएको हो । एजेन्सी

कोरोनाको त्रासले अस्पतालबाटै ७ सय चिकित्सक हराए

एजेन्सी, ३ चैत्र । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित हुनु भएको छ । भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेका छन् । उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा कारवाही हुने जनाइएको छ। मुलुकमा कोरोना...