कोरोना अपडेट– निको भएर घर फर्किनेको संख्या साढे ९ लाख नाघ्यो

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १७:२८
file photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ८२ हजार नाघेको छ।

नेपाली समय अनुसार बिहीबार दिउँसो ३ बजेसम्म विश्वभरमा ९ लाख ८२ हजार ८ सय १८ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर दिउँसो ३ बजेसम्म ३२ लाख ४ हजार ७ सय ५जना संक्रमित भएका छन् ।

विश्वभर कोरोनाका कारण २ लाख २७ हजार ८ सय ४७ जना व्यक्तिको मृत्यु भएको छ ।

नेपालमा भने कोरोनाका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*