भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो, मृतकको संख्या कति पुग्यो ?

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १०:५६
file photo

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ५० जना पुगेको छ ।

साथै यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि १ हजार ७४ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६७ जनाको मृत्यु भएको छ । जसमा ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म भारतमा ८ हजार ३ सय २५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*