बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।
कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
उनी क्यान्सरबाट पीडित थिए । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको विहिबार निधन भएको हो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
