कोरोना नलाग्ने अन्धविश्वासले लियो इरानमा कयौंको ज्यान

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १६:३५
file photo

तेहरान । इरान रक्सी सेवन गर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्याधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए ।

अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताए।

उनले पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको जानकारी दिए।

इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ। तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।

इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।

इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ भने ९१ हजारभन्दा बढी संक्रमित भएका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*