विश्व विविध
बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको विहिबार निधन भएको हो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
कोरोना उपचारको लागि यो औषधि बन्यो प्रभावकारी !
कोरोना भाइरसको उपचारका लागि औषधिको प्रभावकारितालाई लिएर नयाँ आशा जागेको बताइएको छ । यसअघि असफल भयो भनिएको रेमडेसिभियर औषधिको परीक्षण नतिजा सकारात्मक देखिएको हो । यो औषधिको प्रयोग इबोलाका बिरामीमा गरिसकिएको छ । संसारका ७५ प्रतिशत अस्पतालमा गम्भीर रुपमा बिरामी एक हजार जनालाई यो औषधि दिइएको थियो । जसमा...
कोरोना अपडेट– कुवेतमा थप १० नेपालीलाई संक्रमणको पुष्टि
काठमाडौं । कुवेतमा थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय अनुसार, बुधबार थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको हो। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको जम्मा संख्या ३ हजार ७ सय ४०...
सिरियामा ट्रक बम आक्रमण हुँदा कम्तीमा ४६ जनाको मृत्यु
बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय पुग्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको ज्यान गएको छ । यो संगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय पुगेको...
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको खानको उपचारको क्रममा मंगलबार नै निधन भएको हो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको...
कोरोना भाइरसको उपचारमा संलग्न एक डाक्टरद्वारा आत्महत्या
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को उपचार गरिरहेकी एक डाक्टरले आईतबार आत्महत्या गरेकी छिन्। न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहटेनको न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालकी इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर हुन्। लोर्ना ब्रीनका पिता डा फिलिपले उनले आफ्नो काम गर्ने कोसिस गरेकोमा उनको हत्या गरिएको बताए । अमेरिकामा कोरोना भाइरसका कारण...
कोरोना अपडेट– अमेरिकामा एकैदिन २४ सय भन्दाबढीको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा २४ सय ७० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म...
युरोपेली संघद्वारा नेपाललाई करिब १० अर्ब सहयोग
काठमाडौं । युरोपेली संघले नेपाल सरकारलाई करिब १० अर्ब सहयोग गर्ने भएको छ । संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा नियन्त्रण गर्न नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । सङ्घले यही २२ वैशाख कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन...
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ५५ हजार नाघेको छ । नेपाली समय अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्यांकमा अमेरिकामा ५५ हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २ लाख ६ हजार ५ सय ४४ जनाले कोरोनाका कारण...








