कोरोनाका कारण बेलायतमा थप एक नेपालीको ज्यान गयो
लण्डन । बेलायतमा कोरोनाका कारण थप एक नेपालीको ज्यान गएको छ । सोमबार पवर्त चारभञ्याङमा जन्मिएका नारायण कोन्मे गुरूङको ज्यान गएको हो ।
उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।
केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा ज्यान गएको हो ।
स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए।
हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ।
