भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय पुग्यो
भारतमा एकै दिन झण्डै ४ हजार कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
वल्डोमीटरका अनुसार सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ४६ हजार ४ सय नाघेको छ ।
त्यस्तै, भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।
भारतमा अहिलेसम्म १२ हजार ८ सय बिरामी निको भएर घर फर्किएका छन् भने ३२ हजार संक्रमितको उपचार भइरहेको छ ।
